Thursday, December 3, 2009

चिडिया घरको मान्छे



पृथ्वीको एक गलार्द्धमा 
हामी एक आदिम मानव
रामापिथेकस जस्तै
कारागार भित्रको कैदी
बाघ, भालु, स्याल जस्तै
कुखुरा, परेवा, बट्टाई जस्तै
चिडिया घरको मान्छे 
न पर्खाल तोडेर भाग्न सक्छौ
न पखेटा फिजाएर उडन सक्छौ
हामी,
लगाम लगाएको घोडा जस्तै
दाह्रा भाचेको बाघ जस्तै
लघुतम भूगोल भित्र
ग्रेटवाल, इफेल टावर
अनि टुविन्स टावरहरु
हामीलाई हेर्न आउछन्
हेर्छन् अनि जान्छन्
हामी,
लाटकोसेरा, हुचिल, काग जस्तै
भंगेरा, कोटेरा, चमेरा जस्ते
चिडिया घरको मान्छे
न आफ्नो उचाईको बरकत थहा छ
न आफ्नो भूगोलको नाप थहा छ
हामी,
क्यारमबोर्ड, फुटबल जस्तै
बाघचाल, डण्डीबियो जस्तै
मात्रै मनोरञ्जनको साधन 
सीमित घेराभित्र प्रतिबन्धित
सीमित भूगोल भित्र सीमित
हामी,
चिडिया घरको मान्छे ।।