Tuesday, March 24, 2015

गजल__________

दिनभर जोतेर झुले भोकै हुन्छ साँझ किन ?
जोतारोले बाधेको मन रोकै हुन्छ साँझ किन ?

मंसिरे हाँसो खुशी उत्सव चल्दा खलिहानमा
मान्के खैरे गजुवालाई शोकै हुन्छ साँझ किन ?

तोरी फापर संगै जिलाएका रहरहरु उसका
वर्षातमा उठेको पानी फोकै हुन्छ साँझ किन ?

हलोको सियो सियोमा रोपेका सपना उसका
तेल पेल्ने पेचो फुर्लुङ झोकै हुन्छ साँझ किन ?

Friday, March 20, 2015

गजल__________

सुम्निमा पारुहाङको आकाश खोज्नु छ
मुन्धुमको खरानी इतिहास खोज्नु छ

सयपत्री सुनखरी फुल्ने उद्यानमा
स्वयत्तताको मिठोमिठो सुवास खोज्नु छ 

खोक्रो आदर्शको कल्कलाउदो ब्याडमा 
समावेशी मन्जरी मधुमास खोज्नु छ 

लेकबेसी डांडा पाखा सबै अटाउने 
सार्वभौम गासबास कपास खोज्नु छ 

चन्द्रसूर्य साक्षी राखी विश्व विजयको
संघीय गणतन्त्रको आभास खोज्नु छ ॥

Thursday, March 19, 2015

गजल_____________


Wednesday, March 11, 2015

कविता_________________

~बगरको ढुङ्गा~

ढुङ्गालाई भगवान बनाएर हुँदैन आमा
ढुङ्गा ढुङ्गा नै हो
तिमीले ढुङ्गालाई भगवान बनायौ
मन्दिरमा राखेर पूजा ग-यो
ढुङ्गाको मन/आत्मा हुँदैन
ढुङ्गाको ज्ञान/चेतना हुँदैन
नीर्जिव ढुङ्गालाई सजीव बनायौ
आखिर !
ढुङ्गा ढुङ्गा नै हो
ढुङ्गा कैले भगवान हुन सक्दैन
बगरको ढुङ्गा बगरै रूचाउछ
हो आमा !
बगरै रूचाउछ
बगरको ढुङ्गा बोकेर गल्ती ग-यो
आत्माहिन ढुङ्गालाई भगवान बनायौ
ढुङ्गा आफै रतन्धो पीडित हो
न स्वयम् आँखा देख्न सक्छ
न कान सुन्न सक्छ
आमा तिमीले गल्ती ग-यो
इन्द्रिय बिनाको ढुङ्गालाई भगवान बनायौ
बरू
रोबर्ट जन्माएको भए हुन्थ्यो
आत्मा नभए पनि चेतना हुन्थ्यो
आधुनिक यन्त्रिक मानव हुन्थ्यो
आज्ञाकारी कामकारी हुन्थ्यो ।।

              ६ माघ २०७१ प्रवास





Tuesday, March 10, 2015

कोङपी सेन्सा सेन्सा________


बिबिलिम्मा गजल सङ्ग्रह विमोचन समारोह


俳句 (हाइकु)____________

句 (हाइकु) はいく

१. ताण्डव नृत्य
    माननीय रमिते
    भैरव अन्धो

२. डामेको डाम्नो
    पशुपतिको साँढे
    पुजारी उग्र
▮ haiku poetry (17-syllable poem usually in 3 lines of 5, 7 and 5 syllables) 

EXAMPLES
  • Haiku are closely related to the seasons of the year. 
  • のあるにおけるどのようなしたにもしている
    A famous Japanese poet does not approve of any fixed doctrine in haiku. 
  • これはです
    This is a very famous Haiku poem by Basho.

Monday, March 9, 2015

मुक्तक_____________

जडौरी आकाश मुनि बाँच्दैछु आमा
मेरै सपनाको म खुनी बाँच्दैछु आमा
आशाको कंकाल थुन्सेमा छाँद हाली
मेरै वैरी भै 'म' सकुनी बाँच्दैछु आमा ।।

अस्ति लेखेरै जवाफ पठायो उसले
हिजो सुन्दर गुलाव पठायो उसले
तिमी मेरो म तिम्रो नभए मर्छु भनि
आज विहान दबाव पठायो उसले ।।

सागरको आवेग घैलामा अटदैन कैले
गरीबको सपना थैलामा अटदैन कैले
महामारी अनिकालको महासंग्राम
एक झोक सुनामी दैलामा अटदैन कैले ॥

Sunday, March 8, 2015

गजल______________

सर्वभौम सत्ता सरकार होसियार
मेचीकाली उठे छेकबार होसियार

छुट्ला लेकबेसी समावेशी आवाज
सारा रस्तिबस्ती घरबार होसियार

केस्रा-केस्रा फुल्नुपर्छ सबै भाषाभाषी
संविधानका सारा ठेकदार होसियार

अबोध बालक विधुवाको खुशी लुट्ने
भद्र भलाद्मी तरवार होसियार

आलै छन हिजोका बाचा कसमहरू
वरियताका पहुच्दार होसियार ॥


Saturday, March 7, 2015

प्रवास गजल पत्र _____________

ढुकढुकीभरि मायाको बेर्ना फुलाउनु तिमीले
हिम्मतकोे ईंटा थपेर आफै चुलाउनु तिमीले
जून र तारा संसारै सारा आखाका नानीलाई
फकाई फुलाई सुनाई लोरी सुलाउनु तिमीले

काटेर आली छरेर बाली रहर सहरमा
स्वर्ग र नर्क लेकबेसी खर्क झुलाउनु तिमीले

अबोध मन रोइदिन्छ जब बसेर काखमा
जननी जानभी मायाकी खानी भुलाउनु तिमीले

भोक र प्यास अल्झाउनु सास दिएर सान्त्वना
ढिंडो र गुन्द्रुक जे भएपनि खुलाउनु तिमीले ।।




गजल _______________

मायामा अधेंरी रात पनि भनिएन
कालो गोरो कुनै जात पनि भनिएन

मस्त सुतियो, आखामा सपना उराल्दै
निद्रामा तकिया हात पनि भनिएन

यौटै थालीमा मुछेर, मायाको मुर्छना
खाईयो कुनै जूठो भात पनि भनिएन

सावा व्याज एकमुष्ठ, बसी एकैसाथ
पिईयो निघार मात पनि भनिएन

चिना सूतिका, ग्रह गोचर नक्षेत्रमा
शनिदशा साढे सात पनि भनिएन ।।