ढुकढुकीभरि मायाको बेर्ना फुलाउनु तिमीले
हिम्मतकोे ईंटा थपेर आफै चुलाउनु तिमीले
जून र तारा संसारै सारा आखाका नानीलाई
फकाई फुलाई सुनाई लोरी सुलाउनु तिमीले
काटेर आली छरेर बाली रहर सहरमा
स्वर्ग र नर्क लेकबेसी खर्क झुलाउनु तिमीले
अबोध मन रोइदिन्छ जब बसेर काखमा
जननी जानभी मायाकी खानी भुलाउनु तिमीले
भोक र प्यास अल्झाउनु सास दिएर सान्त्वना
ढिंडो र गुन्द्रुक जे भएपनि खुलाउनु तिमीले ।।
No comments:
Post a Comment